Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कामधेनु दूग्ध विकास सहकारीद्वारा अन्तरक्रिया, सहकारी ऐन तत्काल संशोधन गर्नुपर्ने जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०७९
in समाचार
0
कामधेनु दूग्ध विकास सहकारीद्वारा अन्तरक्रिया, सहकारी ऐन तत्काल संशोधन गर्नुपर्ने जोड
156
SHARES
Share on FacebookShare on Twitter

इटहरी : ‘सहकारी ऐन २०७४’ व्यावहारिक नहुँदा उत्पादन र बजारीकरणमा लागेका सहकारी संस्थाहरू समस्यामा परेको सरोकारवालाले बताएका छन् ।

२०४८ को सहकारी ऐनलाई बिस्थापित गर्दै संघीय सरकारले २०७४ सालमा ल्याएको सहकारी ऐनमा खोट भएका कारण संस्थाहरुको प्रगतिमा बाधक बनिरहेको यससम्बद्ध विज्ञहरूको भनाइ छ ।

कामधेनु दूग्ध विकास सहकारी संस्था इटहरीले आयोजना गरेको सहकारी सदस्यता सम्बन्धी देखिएका असहजताबारे गरेको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले यस्तो बताएका हुन् ।

सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखरेलले सरकारले ल्याएको सहकारी ऐनले उत्पादन र बजारीकरणमा लागेका सहकारीहरुलाई बिस्थापित गर्ने अवस्था आएको बताए ।

उनले उत्पादन र बजारीकरणमा लागेका समान प्रकृतिका सहकारीहरु एक अर्कामा सदस्य बन्न नपाउने नियम तत्काल संशोधन गर्नुपर्ने बताए ।

‘सहकारी ऐनले नै विभेद गरेको देखियो’ उनले भने, ‘स्वास्थ्य सहकारीलाई पनि सदस्य हुन दिइएको छ तर उत्पादन, बजारीकरणमा लागेका सहकारीलाई भने सदस्य हुन रोक लगाइएको छ ।’

सरकारले जारी गरेको ऐनले गर्दा सहकारी संस्थाले आवश्यकता अनुसार पुँजी संकलन गर्न नसकेको, उत्पादन शृङ्खला बृद्धि गर्न नसकेको, कच्चा पदार्थहरु पर्याप्त संकलन गर्न नसकेको र संस्थाहरुमा अपनत्व हुन नसकी बजारीकरणमा समेत जटिल समस्या उत्पन्न भएको उनको भनाइ छ ।

पछिल्लो समयमा सहकारी संस्थाहरुमा ‘परिस्थितिजन्य समस्या’ आउँदा सहयोग गर्ने निकाय कुनै नभएका कारण समस्याले निकास पाउन नसकेको पोखरेलले बताए ।

सहकारी संस्था सञ्चालन गरेर यसलाई व्यवसायका रुपमा अघि लान खोजेपछि केही सहकारीहरुमा समस्या उत्पन्न भएको र आम जनतामा त्रास उत्पन्न भएको सरोकारवालाको धारणा छ ।

कार्यक्रममा सहकारी रजिष्ट्रर कार्यालय कोशी प्रदेश प्रमुख हरिबहादुर खत्रीले बिद्यमान सहकारी ऐन संशोधन गरेर दूरदराजमा भएका सहकारीहरुलाई सहजीकरण गरिनुपर्नेमा जोड दिए ।

उनले २०७४ मा जारी संघीय सहकारी ऐन र २०७६ मा जारी प्रदेश ऐनमा देखिएका समस्यालाई संशोधन गर्नुपर्ने महसुस भएको बताए ।

कार्यक्रममा सहकारी अभियन्ता एवं कामधेनुका पूर्व लेखा समिति संयोजक टिकादत्त बनले सहकारी ऐनले गर्दा कामधेनुलाई पर्न गएको असर, समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले माथिल्लो निकायमा रहेका केही व्यक्तिहरुले सहकारी ऐन बनाउने क्रममा जालझेल गरेको कारण समस्या उत्पन्न भएको उनको आरोप छ ।

कार्यक्रममा कृषि तथा शहकारी मन्त्रालयका महाशाखा प्रमुख दीपा दियाली, पशुप्राबिधिक विष्णु निरौला, प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी लगायतले बोलेका थिए । सो क्रममा प्रदेश सदस्य भण्डारीले विद्यमान शहकारी ऐन संसोधनका लागि आफु लागि पर्ने कुरामा जोड दिए ।

प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रि भक्ति सिटौलाले संसदमार्फत् कृषिका समस्याहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था लागू गर्ने उनले बताए ।

कार्यक्रममा आयोजक कामधेनुका अध्यक्ष यादव ढकालले सहकारी ऐन तत्काल संशोधन गर्नुपर्ने कुरामा जोड दिए ।

उनले ७ वटा जिल्लामा भएका ६० वटा दुग्ध सहकारीहरुलाई कामधेनु सस्थासँग आबद्ध गरी सयभन्दा बढी व्यावसायिक फर्महरुलाई समेटेर दैनिक ४० हजार लिटर दूध उत्पादन गरी बजारीकरण गर्ने कुरामा आफूहरु लागि परेको दाबी समेत गरेका छन् ।

सोही कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष बाबुराम दाहालले सहकारी संस्थाहरुले उठाएका समस्याहरु तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममै धनकुटा, इलाम एवं मोरङका कृषकहरुले सहकारी ऐनका कारण आफूहरु कामधेनुमा सदस्य बन्न नपाएको बताए ।

उनीहरूले सहकारी ऐन तत्काल संशोधन गरी आफूहरूलाई सहकारीको सेयर सदस्य पाउने वातावरण बनाइदिनका लागि मन्त्री सिटौलालाई अनुरोध समेत गरेका छन् ।

Tags: #सहकारीकामधेनु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    253 shares
    Share 101 Tweet 63
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    239 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.