Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा नाटकको व्यवसायीकरण हुँदै, आजदेखि महोत्सव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८०
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
इटहरीमा नाटकको व्यवसायीकरण हुँदै, आजदेखि महोत्सव

पत्रकार भेटघाटमा नाटकबारे जानकारी दिइदैँ ।

213
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा आजदेखि नाटक महोत्सव हुँदैछ ।

‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ को दुईदिनअघि आज (शुक्रबार) एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा नाटक प्रस्तुत हुन लागेको हो ।

शुक्रबार बिहान इटहरीमा पत्रकार भेटघाट गरी नाटकबारे जानकारी दिइएको हो ।

शुक्रबार र शनिबार कर्मचारी संगठनको आयोजनामा दिनको ठीक ३ बजे इटहरीस्थित तायारिप्ची भवनमा नाटक प्रस्तुत हुनेछ । यस्तै, आइतबारदेखि तीन दिने ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ को सुरुआत हुने पत्रकार भेटघाटमा जानकारी दिइयो ।

कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीकाअनुसार विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिनेछ । शुक्रबार र शनिबार प्रस्तुत हुने यो नाटक कात्तिक २१ गते समापनको दिनपनि प्रस्तुत हुनेछ ।

नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाटक प्रस्तुत गर्नेछन् । कात्तिक १९ गते साँझ ४ बजे ‘कृष्नगर जीवोनेर एकतान पश्चिम बंगाल, भारत’ नाट्य समूहले नाटक ‘एक्टु आगुन दे’ प्रस्तुत गर्नेछ । उक्त नाटक सुभ्रा रोयले निर्देशन गरेका छन् ।

यस्तै, कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ । उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन् । सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ । उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् ।

यसअघि कलालयकै आयोजनामा कोभिड १९ को संक्रमणअघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो ।

प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीले बताए ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव प्रकाश राईले कर्मचारी संगठनले पनि समाजमा योगदान पुर्याउनका निम्ति कलाको क्षेत्रमा काम गर्न लागेको बताए । उनले यसअघि कर्मचारी संगठनबाटै सरकारी जागिरेहरूबाट रचित कविताहरू संग्रहित गरी काव्यकुञ्जसमेत प्रकाशन गरेको स्मरण गर्दै यसपटक नाटकमा काम गर्न लागेको बताए ।

‘कर्मचारीलाई जु मा राख्नुपर्ने प्राणीजस्तो सोचिन्छ, त्यसलाई चिर्न र समाजमा सृजनात्मक काम गर्न पनि नाटकमा जोडिएर काम गर्न लागेका हौँ,’ उनले भने, ‘नाटकले धेरै चिज बोक्छ, मान्छेका अभिव्यक्तिसँगै कथा पनि बोक्छ । नाटक भनेको सत्यको अभिव्यक्ति पनि हो ।’

उनले इटहरीमा थियटर भएको भए नाटक गरेरै बाँच्न सकिने अवस्था रहेको बताए । कवि देवान किराँतीले इटहरीमा पछिल्लो समय नाटक व्यवसायीकरण हुँदै गएको सुनाए ।

‘नाटक हेर्नका लागि टिकट काट्नेको संख्या बढ्दो छ, टिकट काटेरै नाटक टिक्न सक्ने अवस्था पनि आइसक्यो,’ उनले भने, ‘इटहरीमा थियटरका लागि जग्गा उपलब्ध भएको अवस्थामा हामीलाई नाटक क्षेत्रमा अझ काम गर्नका निम्ति प्रोत्साहित हुन्थ्यो ।’

कुनैबेला नाटक हेर्नका लागि पटकपटक भन्नुपर्ने भएपनि अहिले भने इटहरीले स्वस्फूर्त रूपमा नाटक हेर्ने उनले बताए ।

Tags: कलाकलालयनाटकसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.