Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

रामधुनी मन्दिरमा आरोप–प्रत्यारोप, ‘अनर्गल’ प्रचार भएको व्यवस्थापन समितिको भनाइ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १३, २०८०
in समाचार
0
रामधुनी मन्दिरमा आरोप–प्रत्यारोप, ‘अनर्गल’ प्रचार भएको व्यवस्थापन समितिको भनाइ
101
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : सुनसरीको रामधुनी मन्दिरमा पूजारी र व्यवस्थापन समितिबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

केही दिनअघि मन्दिरमा नित्य पूजा रोकिएको भन्ने समाचारको खण्डन गर्दै रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले आफूहरूमाथि लगाइएको आरोप ‘अनर्गल’ भएको बताएका छन् ।

मन्दिरका पुजारी महन्त काशीदास उदासी र उनका अनुयायी बताउने मोहीनारायण चौधरीले लगाएको आरोपको प्रतिवादमा पत्रकार सम्मेलन गर्दै रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले आफूहरूमाथि लगाइएको आरोपलाई कपोकल्पित र भ्रामक भएको जनाएको हो ।

‘मन्दिरमा ताला लगाएर नित्य पूजा रोक्ने काम भएको छैन । सारा आरोप झुटो र निराधार छ,’ समितिका अध्यक्ष डिल्ली कार्कीले भने, ‘मन्दिरमा विवाहित व्यक्तिले पूजारी बन्न पाईँदैन । पूजाआजा गर्न पाइएपनि पुजारी नै बन्न पाइँदैन । मोहीनारायण भन्ने व्यक्ति नै पुजारी बनेको पाइएपछि यसबारे जिल्ला प्रशासन कार्यालयमासमेत छलफल भएको थियो ।’

कार्कीले गुठी संस्थानबाट प्राप्त जिम्मेवारीअनुरूप आफूहरूको समिति कार्यरत रहेको भन्दै कानूनविपरीतका कुनै पनि कार्य नगरेको बताए । उनले नगरपालिकासँग समन्वय गरेर समितिले मन्दिरको हकहितको सवालमा कार्य गर्दै आएको बताए ।

२०७२ असोज १५ गते जिल्ला प्रशासनमार्फत दर्ता गरी सञ्चालन भइरहेको मन्दिरमा २०७७ सालयता भने मोहीनारयण चौधरीको प्रवेशपछि विवाद उत्पन्न भएको उनको भनाइ छ ।

उनले रामनवमी र बाला चतुदर्शीमा यहाँ हजारौं दर्शनार्थी आउने र पछिल्लो समय धार्मिक पर्यटनका हिसाबमा पनि विकास भइरहेको रामधुनी मन्दिरमा पछिल्लो समय अनाधिकृत व्यक्तिहरूले भाँड्न लागेको आरोप लगाए ।

अहिले उक्त मन्दिरमा नेपाल सरकारको तलव बुझ्दै आएका काशीदास उदासी (महन्त) पूजारी रहेका छन् । यसबीचमा ०७७ सालदेखि मोहीनारायणको प्रवेश भएपछि मन्दिरमा एक अर्काबीच आरोप–प्रत्यारोप लगाउने कार्य भएको पाइएको हो ।

मोहीनारायणले आफू ‘उदासी सम्प्रदायको अध्यक्ष हुँ’ भन्दै केही वर्षदेखि पुजारीको भूमिका निर्वाह गर्दैआएका थिए ।

पत्रकार सम्मेलनमा सहभागी भएका रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले मन्दिरमा महन्त काशीदास उदासी र गुठी समिति अध्यक्ष डिल्ली कार्कीबीचको विवादलाई पालिकाले सूक्ष्मरूपमा नियालेको बताए ।

चौधरीले भने, ‘मन्दिरमा जहाँतहीँ दान पेटिका राखिएको रहेछ । जसको ताला चाबी स्वयम् मोहीनारायणले राख्ने र दान रकम आफैंले लग्ने गरेको पाइयो ।’

भेटी धेरै उठ्ने र दानपेटिका चारैतिर छरिएर राखिएको बताउँदै उनले दानपेटिकाको चाबी जोसँग छ, उसैले भेटी लैजाने गरेकोसमेत बताए । उनले अहिले भने जनप्रतिनिधिसहित सबैको रोहबरमा दानपेटिकामा जम्मा भएको रकम गणनासमेत गरिदैँ आएको जानकारी दिए ।

रामधुनी वडा नम्बर ४ का अध्यक्ष कमल कार्कीले पछिल्लो समय व्यवस्थापन समितिले हरेक वर्ष वडा कार्यालयमा लेखापरीक्षणको प्रतिलिपि बुझाउने गरेको तर, महन्तले कुनै हिसाबकिताबसमेत सार्वजनिक नगरेको बताए ।

 

Tags: #रामधुनीडिल्ली कार्कीमन्दिर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ
FEATURE BREAKING

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा...

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    236 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.