Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटाको पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २८, २०८०
in समाचार
0
धनकुटाको पुरातात्विक नागेश्वर मन्दिर ओझेलमा
86
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : संरक्षण अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ स्थित नागेश्वर मन्दिर आझेलमा परेको छ ।

पुरातात्विक ऐतिहासिक सो मन्दिरको गुठीको हजाराैं रोपनी  जमिनको आम्दानीबाट तत्कालीन समयमा दैनिक एक सयदेखि एक सय ५० सम्म साधु/सन्तलाई भण्डारा लगाइने (खाना खुवाइने) गरिन्थ्यो ।   सो शिवालय मन्दिर अहिले बेलाबखत हुने धार्मिक कार्यक्रमबाहेक अन्य समय सुनसान हुने गरेको  छ ।

सोताका गुठी जमिनको हजारौँ मुरी धान तथा मकैको आम्दानीबाट यहाँका पुजारी तथा पण्डितका लागि झारु, बडारु, हटलुवा, कावारी, गाई गोठालगायतको व्यवस्थापन गरिन्थ्यो  ।

पछिल्लो समय विसं २०५४ पछि यहाँका सातौँ महन्त भीमप्रसाद गिरीको देहान्तसँगै महन्त नियुक्ति हुन नसक्दा मन्दिर र गुठी अलपत्र परेको नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुरीले जानकारी दिनुभयो ।

अहिले यो मन्दिरको साबिक लेगुवा गाविस हाल नगरको वडा नं ५ र ६, सङ्खुवासभा जिल्लाको आँखीभुइँ, मुलगाउँ, मुढेलगायत स्थानमा ४० देखि ५० हजार रोपनी गुठी जमिन रहेको उहाँले जानकारी दिनुभयो ।

धनकुटा र भोजपुरको सिमानामा रहेको अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाबजार र यस क्षेत्रका अधिकांश गाउँ यही गुठीको जमिनमा छ । गुठीको जमिन भोगचलनबापत अहिले कसैले पनि आम्दानी नबुझाएकाले गुठीको जमिन व्यवस्थापन गर्न महालक्ष्मी नगरपालिका र मालपोत कार्यालय धनकुटामा पहल थालिएको उहाँले जानकारी दिनुभयो ।

लेगुवामा भन्दा बढी क्षेत्रफलमा रहेको सङ्खुवासभामा रहेको गुठीको जमिन व्यवस्थापनका लागि दोस्रो चरणमा काम थालिने गुठी व्यवस्थापन समितिका अध्यक्ष पुरीले जानकारी दिनुभयो । “पहिला यहीँबाट सञ्चालन हुने भए पनि अहिले उता बेग्लै समिति छ, यहाँको काम सकिएर हामी उताको कममा लाग्नेछौँ”, अध्यक्ष पुरीले भन्नुभयो ।

सो मन्दिर तथा गुठीको उत्थान र सरक्षण हुनसके यस क्षेत्रलाई नगर र जिल्लाकै धार्मिक पर्यटनको रूपमा विकास गर्न सकिने महालक्ष्मी नगर पालिका वडा नं ६ का वडाध्यक्ष शिवराज विकको भनाइ छ ।

धनकुटाको लेगुवामा मात्र १५ देखि २० हजार रोपनी गुठीको जमिनमा मोहीका रूपमा पाँच सय घरधुरीभन्दा बढी घरधुरीले बसोबास गरिरहेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायाले जानकारी दिनुभयो ।

गुठी संस्था र मालपोत कार्यालय धनकुटाको सहकार्यमा छ महिनाभित्र तीन सय ६० घरधुरी मोहीलाई जमिन हस्तान्तरणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । “मालपोत कार्यालयले तत्परता देखाए तुरुन्त जग्गाधनी पुर्जा वितरणको काम हुन्छ”, नगर प्रमुख रायाले भन्नुभयो ।

गुठी र मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकनका रूपमा विकास गर्न नगरपालिकाले मन्दिरको जीर्णोद्वार तथा गुठी व्यवस्थापनको काममा सहयोग गरिरहेको रायले जानकारी दिनुभयो ।

Tags: #धनकुटा#राससमन्दिर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ
FEATURE BREAKING

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा...

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    236 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.