Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो, व्यवसायी उत्साहित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १३, २०८१
in समाचार
0
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
83
SHARES
Share on FacebookShare on Twitter

झापा : दुग्धजन्य वस्तु बिक्री नभएर संकट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ। डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो।

नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले मौज्दातमा रहेका दुग्धजन्य पदार्थको दसैँतिहारसम्म ५० देखि ६० प्रतिशत खपत हुने बताए। विगतमा सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै यहाँ उत्पादित सामग्रीले बजार पाएको हो।

कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट संकलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताए। यसका कारण किसान पनि उत्साहित बनेका छन्।

छ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख केजीभन्दा ज्यादा रहेको थियो । भारतीय दूधको आयात घटेसँगै आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने सरकारको निर्णयले हाल व्यवसायमा सुधार आएको उनले बताए।

उनले कोडिभ महामारीपछि ठूला गाईफार्म धामधम बन्द हुन थालेपछि हाल दूध उत्पादन घटेको बताए। ‘किसान पछिल्लो समय पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत स्थानमा सञ्चालित धेरै गाईफार्म बन्द भए’, उनले भने, ‘करिब ३० प्रतिशत उत्पादन घटेसँगै बजारमा यसको बिक्रीमा सुधार आयो।’

उनले यहाँ उत्पादित छुर्पी भने अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा निर्यात भइरहेको बताए। छुर्पीजस्तै घिउ, बटर र पाउडर दूध निर्यातमा समेत सरकारले गम्भीर भएर पहल गर्न आवश्यक रहेको उपाध्यक्ष चिमिरियाको भनाइ छ।

उनका अनुसार देशभर हाल आठ लाख ५० हजार लिटर खुला दूधको दैनिक कारोबार हुँदै आएको छ। यसमध्ये कोशी प्रदेशमा मात्र तीन लाख ५० हजार लिटरको कारोबार हुने गरे तापनि ४५ करोड बढीको बटर नौनी अझै मौज्दात रहेको उनका भनाइ छ।

 

Tags: #झापा#राससउत्साहितदूग्ध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको भाग्य कस्तो छ ?

भदौ २८, २०८३
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    256 shares
    Share 102 Tweet 64
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    240 shares
    Share 96 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.