Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

झापामा शरीरिक नाताको नाममा अत्याचार : बाबुले छोरीलाई बनाए शिकार, आमालाई दिदीहरूद्वारा निर्घात कुटपिट

प्रहरीमा जाहेरी दिएपछि घटना दबाउन र प्रमाण नष्ट गर्न ज्यानै जानेगरी सामूहिक कुटपिट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २३, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीमा आमासँग बिहे, नौ वर्षीया छोरीमाथि यौन दुरुपयोग, यसरी बाहिरियो घटना

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

140
SHARES
Share on FacebookShare on Twitter

इटहरी : झापाको बाह्रदशी गाउँपालिका–६ साधुकुटीमा आफ्नै बाबुले नाबालिका छोरीलाई पटकपटक बलात्कार गरेको भयावह घटना खुलेको छ ।

१५ वर्षीया नाबालिकामाथि आफ्नै बाबुले ६ वर्षभन्दा लामो समयदेखि बलात्कार गर्दै आएको खुलासा भएको हो । कक्षा ४ पढ्दादेखि सुरु भएको यौन दुर्व्यवहारबारे बालिकाले कक्षा १० मा पुगेर मात्रै घटना सार्वजनिक गरेकी हुन् ।

बालिकाले सुरुमा घटनाबारे आमालाई जानकारी गराउँदा सुरुमा विश्वास नगरिएको तर पछि भने कुटपिट गरी पटकपटक बलात्कार गरेको खुलेको हो ।

पीडकले पछिल्लोपटक १८ चैत ०८१ मा बलात्कार गरेको र १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएपछि २० चैतमा पक्राउ गरिएको थियो ।

पक्राउपछि आनन्दमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र हाल पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनीमाथि बाल यौन दुव्र्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको र हाल पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

पीडित बालिकाकी ठूलीआमा (आमाकी दिदी)का अनुसार पीडकले बालिकालाई कक्षा ४ मा पढ्दादेखि नै बलात्कार गर्दै आएका थिए ।

‘१० कक्षामा पुगेपछि घटनाको सबै रहस्य बाहिरियो,’ उनले भनिन्, ‘घटना भएपछि साथीहरूलाई भनिछिन् । पछि आमालाई पनि भन्दा पत्यार लागेन । तर, चैतमा भने ‘लुगा खोल् नभए मारिदिन्छु’ भन्दै जबरजस्ती करणी गरेपछि आमालाई पनि थाहा भयो र प्रहरीमा जाहेरी दिइयो ।’

यसअघि पीडकले छोरीले लगाएको कपडासमेत जलाएको, घटनाबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको, पटकपटक जबरजस्ती करणी गरेको ती महिलाले बताइन् ।

मारिदिने धम्कीकै कारण यसअघि घटना बाहिर नल्याएको पीीडतले बताएका छन् । बालिकालाई हाल सुरक्षित घर (सेफ हाउस)मा राखिएको छ ।

प्रहरीमा जाहेरी दिएपछि घटना दबाउन र प्रमाण नष्ट गर्न ज्यानै जानेगरी सामूहिक कुटपिट

पछिल्लोपटक भने पीडक राईका दिदीहरूले पीडित बालिकाका आमालाई ज्यानै जानेगरी निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।

बेलायतदेखि आएका पीडकका दिदीहरूले बालिकाका आमामाथि ज्यानै जानेगरी सामूहिक कुटपिट गरेको बताइएको छ ।

‘पीडकविरूद्व उजुरी दिएपछि आमामाथि उनका आफन्तजनहरूले नियोजित ढंगले कुटपिट गरेका छन्,’ पीडित परिवारकी सदस्य उनले भनिन्, ‘विदेशबाट आएका आफन्तसहित चार जना महिलाले ढोका थुनेर ज्यानै लिने नियतले आक्रमण गरे । कुटपिटका क्रममा मोबाइलसमेत फुटाइयो र प्रमाण नष्ट गर्ने प्रयास गरियो ।’

मोबाइलमा भएका प्रमाण नष्ट गर्नका लागि निर्घात कुटपिट गरिएको उनले बताइन् । उनका अनुसार उक्त घटना २० साउनमा भएको हो । गम्भीर घाइते भएकी महिलाको अहिले बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

‘मोबाइल फुटाउने र प्रमाण नष्ट हुन्छ भन्ने किसिमले कुटपिट गरियो,’ उनी भन्छिन्, ‘एकजना छोरी मान्छे बसेको ठाउँमा आएर योजनाबद्ध ढंगले, ज्यान मार्ने उद्देश्यले घाँटी थिच्ने, कसैले लछारपछार गर्ने र अर्को मानिसले मोबाइलबाट भिडियो बनाउने गरिएको छ ।’

बालिकाले भोगेको यौन हिंसा र आमाले पाएको आक्रमणले परिवारलाई गहिरो मानसिक र सामाजिक पीडा दिएको उनले उदृत गरिन् ।

परिवारले घटनाबारे प्रहरी र स्थानीय तहलाई पहिले पनि जानकारी गराएको भए तापनि गम्भीर रूपमा नलिएको गुनासो गर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको अनुसन्धान भइरहेको र संलग्नहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोष राईले भने कुटपिटको विषयमा संलग्न चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको बताए । ‘कुटपिट भएको विषयमा चार जनालाई ल्याइएको छ,’ उनले भने ।

नाबालिका बलात्कारको घटनामा संलग्न अहिले पुर्पक्षका लागि थुनामा रहेको प्रहरी निरीक्षक राईले बताए । उनले भने, ‘त्यो विषयमा अनुसन्धान सकेर अदालतमा बुझाइसकिएको छ, अदालतमा गइसकेको विषयमा र विचाराधीन रहेको विषयमा नबोलौँ ।’

बालिकामाथिको यौन हिंसा र आमामाथि भएको कुटपिटलाई छुट्टाछुट्टै मुद्दाका रूपमा हेरिएको प्रहरीले जनाएको छ । पीडित परिवारले दोषीहरूलाई कडा कारबाही गर्न माग गरेपनि स्थानीय जनप्रतिनिधिले भने मिल्न दबाब दिएको पीडितले जनाएका छन् ।

यसबारे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले पारिवारिक कारण रहेको बताए ।

‘कुटपिटको विषयमा सुरुमा भनाभन भएको र पछि सामान्य निहुबाटै यो अवस्था आएको बुझिएको छ,’ खड्काले भने, ‘आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’

Tags: #कुटपिट#झापा#बलात्कारअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने
विविध

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

by रासस
बैशाख १५, २०८३
0

खोटाङ : यहाँका तीन स्थानीय तहले आइतबार पनि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ...

समाचार

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

by रासस
बैशाख १५, २०८३
0

झापा : ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त...

एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३
सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३
सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    644 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.