कोरोना भाइरस अर्थात (कोभिड १९ ) पहिलो पटक २०१९ डिसेम्बर ३१ मा चिनको वुहान प्रान्तबाट सुरु भएर अहिले अधिकाशं देशमा देखा परेको छ । धेरै देश रोगको भूमरीमा परेको कुरा सर्वविधितै छ । यो रोगको महामारी सँगै विश्वको अर्थतन्त्र धरापमा छ ।
विश्वमा रोग देखा परेसँगै नेपालमा पहिलो पटक २०७६ माघ १० गते कोरोना भाइरस देखा पर्यो । त्यो सँगसँगै नेपालमा सामान्य रुपमा कलकारखाना व्यापार उद्द्योगधन्दा विध्यालय सन्चालन भइरह्यो ।
जीवन सामान्य रुपमा चलिरहेकै थियो । सङ्क्रमण सामान्य भइरहेको बेला माध्यमिक परीक्षा त्रिभुवन विश्वविध्यालय र आयोगले लिने अन्तिम परीक्षाको प्रश्नपत्र परीक्षा केन्द्र तयार पारिसकिएको थियो ।
सङ्क्रमणले सामान्य रुप लिन थालेपछि २०७६ चैत २ गते सार्क आप्तकालीन कोष खडा भयो । र, २०७६ चैत ११ गते बाट १५ दिनका लागि लकडाउन भयो ।
लकडाउन थप गर्दै जाँदा देशमा १ सय २० दिन लकडाउन भएर साउन ६ गते सामान्य जनजीवन सहज तरिकबाट चल्छ भनेर सरकारले लकडाउन खोल्यो । लकडाउनको समयवधिमा सरकारले राहत स्वरुप गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई कुहिएको चामल, दाल भए पनि वितरण गर्यो ।
लकडाउनको समयमा धेरैले आर्थिक झमेला झल्नुपर्यो । र, धेरै व्यक्ति आत्महत्याको बाटो समेत रोज्न बाध्य भए ।
अहिले पनि देशको अवस्था सामान्य बनिसकेको छैन । यतिबेला लाखौँ श्रमिकहरु आर्थिक पीडामा छन् । तर, सरकार नागरिकप्रति अभिभाकत्व ग्रहण गर्न सकिरहेको भने छैन ।
लकडाउन र निषेधाज्ञा मात्रै गरेर सरकार नागरिकप्रति जिम्मेवार बन्न कदापी सक्दैन । दिनानुदिन संक्रमितहरु बढिरहेको अवस्थामा जनताको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण गर्नेबारे सम्बन्धित निकाय मुकदर्शक जस्तै बनेको आभाष हुन्छ ।
दिनानुदिन कोरोना सङ्क्रमण भयावह अवस्था बन्दै जाँदा सामान्य र जटिल दुवै बिरामीलाई निजी अस्पतालले भर्ना लिन छाडेकाले दिनानुदिन मृतकको संख्या बढ्दै गएको कुरा पनि विद्यमान छ । अहिलेको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन नै गर्ने हो । तर, जटिल बिरामीलाई भर्ना नै नलिएर ज्यान गएको खबरले भने सिंगो समाज स्तब्ध बनेको अवस्था छ ।
विपन्न नागरिकले सरकारको मुख हेरेर बसिरहे । हुनेखाने र हुने व्यक्तिले आँफूलाई पुग्ने प्रशस्त सामाग्री जुटाउन तर्फ उन्मुख भए । तर, हुँदा खानेहरु भने अहिले नभएको समयमा भोकभोकै रोगसँग लडिरहेको अवस्था छ ।
कोरोना कालमा शैक्षिक उपलब्धि शून्य बन्यो ।
व्यापार व्यवसाय गर्ने व्यापारीको व्यापार पूर्ण रुपमा बन्द हुँदा ठूलो परिमाणमा क्षति व्यर्होनुपरेको अवस्था पनि आँखै अगाडि झल्किरहेको छ । सङ्क्रमणको महामारी सकिएपछि बिध्यालय खुल्न थाल्दछन्, बिध्यार्थी बिद्यालय जान जाल्छन् । सबै ठीकसँग चल्छ भन्ने भावना कल्पनामा मात्रै सीमित भईरहेको छ ।
संक्रमितको संख्या तीव्र रुपमा वृद्धि हुन थालेपछि अस्पतालमा भएका आइसोलेसन बेड, अक्सिजन प्लान्ट भरिएर सङ्क्रमितहरु अहिले घरमा नै बस्न बाध्य भएका छन् । घरको आइसोलेसन बस्दा सङ्क्रमितलाई गाउँले आएर घर घेर्ने, घरको गेट बन्द गरिदिने, गाउँबाट लखेट्न खोज्ने, प्रचा टाँस्ने जस्ता अमानवीय दुव्र्यवहारका क्रियाकलाप बढिरहेको छन् ।
समाजले अहिले यो सब गर्नतिर भन्दा पनि संक्रमितलाई प्रोत्साहन गर्न र सामाजिक हुन सिक्नुपर्ने हो । तर, यहाँ त समाजमा बसेर पनि असामाजिक हुनेहरुप्रति कुन शब्दले सम्बोधन गर्ने र ? तसर्थ, समाजमा बसेर असामाजिक हुनुभन्दा पनि एक ठाउँमा बसेर सकेसम्म अरु ठाउँका नागरिकलाई पनि सहयोग गरौँ । पक्कै पनि देशमा समृद्धि आउने अवस्था हुनसक्छ ।
यी र यस्तै दुव्र्यवहारबाट नागरिकहरु आजित भइसकेको अवस्था छ । अहिले पीडितले कि मर्ने कि बाच्ने भन्ने सङ्कल्प रोज्न थालेका छन् । सामान्य विपन्न नागरिकले आफ्नो दैनिक श्रम गुमेपछि यो लकडाउनको समयमा टाउकोमा हात राखेर बस्नु शिवाय केहि छैन । अब नागरिकमा एउटा मात्र विकल्प खान औषधि पानी पनि नपाएर सङ्घर्ष गरेर अगाडि बढ्ने कि मर्ने भन्ने भान पलाउन थालेको छ ।
विश्वमा सबैभन्दा बढि लकडाउन झेल्ने र मानसिक त्रास खेप्नेमा नेपाली पनि परेका छन् । नेपालीले सरकारको आज्ञाकारी भएर नियम पालन गरेर बस्ने बाहेक अर्को के नै गर्न सक्दछन् ।
लकडाउन र निषेधाज्ञाको समयमा दैनिक श्रम गरेर गुजारा चलाउने विपन्न नागरिकको काम गर्ने बाटो बन्द भएर घरमा बसिरहँदा प्रशासन तथा स्थानीय तहले लकडाउन, शिल जस्ता कार्य रोग नियन्त्रण गर्न प्रयोग गरिरहेका छन् । शिल, लकडाउन मात्र रोगको नियन्त्रण हो र ?
जबसम्म नागरिकमा चेतनाको स्तर फराकिलो हुँदैन तबसम्म रोग नियन्त्रण गर्न धेरै गाह्रो पर्दछ । तसर्थ स्वास्थ्य रणनीति अपनाएर जनजीवन सहज बनाउनतर्फ हामी अग्रसर हुनुपर्दछ । र, मात्र समयमै रोग निवारण हुन पुग्दछ ।
हामी आम मानिस लकडाउन र निषेधाज्ञामा नि घरमा बसेर कोरोना भागिहाल्छ भनेर बस्नु भन्दा नया सिर्जनाशील काम गर्न अग्रसर हुन आवश्यक छ । अहिले सरकारले निजी क्षेत्रसँगको समन्वयमा कम्तिमा एक घर–एक पीसीआर परीक्षण गर्न आवश्यक छ ।
जून व्यक्तिमा कोरोना पोजेटिभ देखिन्छ, त्यो व्यक्तिसँगको सम्पर्कमा आएका मानिसहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, धेरै क्षमताको आइसोलेसन भेन्टिलेटर सहितको स्वास्थ्य व्यवस्था बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
विगतका गल्ति हेरेर बस्नु भन्दा जिम्मेवार नेतृत्वले स्पष्ट मार्गचित्र बनाएर अगाडि बढ्न सक्दा महामारी न्यूनीकरण गर्न समय लाग्दैन । कोरोना रोकथामका लागि चैत्र देखि साउन मसान्त सम्म राज्यको १२ अर्ब हाराहारीमा खर्च भइसकेको छ । सङ्क्रमण नियन्त्रण हुनु त परको कुरा ।
तर, यसमा सरकारको मात्र नभएर नागरिकहरुको असक्षमता, लापरबाही, अटेरीपन भएका कारण आज यो दिन आउँन समय लागेन । सङ्क्रमित सुरक्षित रहने, कसैसँग सम्पर्क नरहने, स्वास्थ्य मन्त्रालयका, सूचना विश्व स्वास्थ्य सङ्गठनका नियमहरु पूर्ण रुपमा पालना गरेमा यो रोगबाट बच्ने निश्चित छ ।
अन्त्यमा, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भनेजस्तै ‘हामीले कोरोना भाइरसलाई जति भाउ दिनुपर्ने हो त्यो भन्दा बढी भाउ दिईरहेका छौँ । यो भाइरसले जति भाउ पाउनुपर्ने हो, त्यो भन्दा बढी भाउ पाईरहेको छ । हामीले सोचेजति घातक पनि होइन । तर, यसबाट सावधानी चैँ अपनाउँन आवश्यक छ ।’
















Discussion about this post