Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : आरोहण गुरुकुलद्वारा ‘नेता जी !’ प्रस्तुत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०८०
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : आरोहण गुरुकुलद्वारा ‘नेता जी !’ प्रस्तुत
161
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’ को दोस्रो दिन सोमबार साँझ नाटक ‘नेता जी !’ प्रस्तुत गरिएको छ ।

कलालय इटहरीको आयोजनामा आइतबारदेखि सुरु भएको नाटकको दोस्रो दिनको तेस्रो आरोहण गुरुकुल विराटनगरद्वारा नाटक ‘नेता जी !’ प्रस्तुत गरिएको हो ।

नाटकले वर्तमान राज्यव्यवस्थाको चित्रण गरेको छ । देशमा रोजगारीको सृजना नहुनु, महंगी दिनानुदिन वृद्धि हुनु, भ्रष्टाचार व्याप्त हुनु, देशमा जताततै असुरक्षा हुनु र यही बीचमा नेताको चाकडी गरिएको दृश्यलाई नाटकमा देखाइएको छ । खासगरी नाटकले वर्तमान अवस्थाको राजनीति र जनताले भोगिरहेको अवस्थालाई चित्रण गरेको छ ।

नेपथ्यबाट झ्याम्टा बज्छ, ठूलो आवाजमा । एकाएक गर्दै कलाकारहरू भेटिन्छन्, मञ्चमा । नाटक प्रस्तुत भइरहेपनि साँच्चिकै दृश्य हो कि भन्ने अनुभूत हुन्छ ।

नाटकअनुसार कलाकारहरूले नाटक गरेपनि पैसा नपाएको र कलाकारमध्येको नेताले आँफूहरूलाई ‘हेपेको’ दृश्य देखाइन्छ । तर, पटकपटक नाटक गर्न कलाकार खोजी गरेपनि कलाकार नभेटिनु र कथा उपयुक्त छनोट हुन नसकिएको दृश्यलाई नाटकमा प्रस्तुत गरिएको छ ।

बेलाबेला चर्को स्वरमा रोजगारी सृजना गर !, भ्रष्टाचार नियन्त्रण गर !, सुरक्षा कायम गर !, महंगी नियन्त्रण गर !, नेता जी मुर्दाबाद !, नेता जी जिन्दावाद ! जस्ता नारा प्रस्तुत हुन्थे । यसबीचमा कलाकारहरूले प्रस्तुत गरेका संवादले दर्शकको ध्यान खिच्यो ।

नाटकमा दीक्षा चौधरी, दीपा पोखरेल, प्रदीप दाहाल, रबिन चिमरिया, निशान राई, अतीत निरौला, नीरज कार्की, समीक्षा दाहाल, अशोक गौतम र सुरेश बिद्रोहीले अभिनय गरेका छन् । नेपथ्यमा सबिन भट्टराई र विकास पराजुली रहेका छन् भने नाटकलाई भरत कार्कीले निर्देशन गरेका छन् । उक्त नाटक आरोहण गुरुकुलले प्रस्तुत गरेको हो ।

मैथिली नाटकार रामभरोस कापडी ‘भ्रमर’को नाटक ‘आवैछेको’ अर्थात् नेताजीले समाजमा भएगरेका समसामयिक विषयवस्तुलाई उठान गरेको छ ।

इटहरीमा आइतबारदेखि सुरु भएको दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्चको पहिलो दिन भने भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए । कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो ।

सोमबार बिहान दमक थियटरको प्रस्तुतिमा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक प्रस्तुत गरिएको छ । प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरी प्रस्तुत गरिएको थियो ।

नाटक महोत्सवको अन्तिम दिन मंगलबार (कात्तिक २१ गते) बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ ।

उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् ।

यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।

यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ प्रस्तुत

यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव सुरु, पहिलो दिन भारतीय रङ्गकर्मीको प्रस्तुत

Tags: आरोहणआरोहण गुरुकुलकलालयटाकुरा विशेषनाटकसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.