Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अबको आवश्यकता वैकल्पिक राजनीतिको अपरिहार्यता

केशव खतिवडा by केशव खतिवडा
कार्तिक १५, २०८२
in टाकुरा विशेष, विचार
0
अबको आवश्यकता वैकल्पिक राजनीतिको अपरिहार्यता
79
SHARES
Share on FacebookShare on Twitter

पृष्ठभूमि : विगत लामो समयदेखि मुलुकको राजनीतिमा प्रभाव, नियन्त्रण वा नेतृत्व गर्दै आएका राजनितिक दल, समूह वा नेतृत्व नै पुराना वा परम्परागत राजनीतिक शक्ति हुन् ।

जसले शासन सञ्चालन तथा नीति निर्माणमा प्रभाव जमाएका हुन्छन् । विद्यमान राजनीतिक प्रणालीमा गहिरोगरी जरा गाडेका हुन्छन् । मुलुकको निर्णय प्रक्रियामा प्रभुत्व जमाएका हुन्छन् । भातृ संगठन वा जनसंगठनको नाममा विभिन्न सञ्जाल विस्तार गरी जनतालाई संगठित गरी समूह दबाबले नागरिकहरूका स्वतन्त्र सोचलाई कुण्ठित गरेका हुन्छन् । पुराना नेताहरूको निरन्तर वर्चश्व रहेको हुन्छ ।

पुस्तान्तरणको अभाव रहने हुँदा आधुनिक समाजमा आलोचित बन्दै गएका हुन्छन् । पुरानो पुस्ताको नेतृत्व रहने भएको हुँदा नेतृत्व क्रमशः असक्षम बन्दै गएका हुन्छन् भने लामो समय सत्तामा रहने प्रवृति हुने भएकाले स्वार्थ, भ्रष्टाचार, गुटतन्त्र, नेतातन्त्रमा लिप्त बनेका हुन्छन् ।

राज्यका अधिकांश निकायहरूमा सेटिङमार्फत कब्जा जमाएका हुन्छन् । उनीहरूमा नयाँ सोच, प्रविधि तथा विश्व सन्दर्भजस्ता विषयहरूको ज्ञान र अनुभवको अभाव हुन्छ । मुलुकको लागि अनावश्यक बोझ बन्दै गएका हुन्छन् । परिणामस्वरूप नयाँ पुस्ता, विचार र प्रविधिसँगको दूरी बढ्दै गएको हुन्छ ।

आफूलाई देवत्वकरण गर्दै सर्वोपरी ठान्ने प्रवृत्तिले मुलुकको अग्रगामी गतिलाई अवरोध सृजना गर्दछन् । नेपालको सन्दर्भमा नेपाली काङ्ग्रेस, कम्युनिष्टहरू र नाम, स्थापना र नारा नयाँ तर राजनीतिक संस्कार, प्रवृत्ति उही पुरानो भएको हुँदा मधेशवादी दलहरू पुराना राजनीतिक शक्तिको कोटीमा पर्दछन् ।

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई मुल राजनीतिक एजेण्डा बनाएर स्थापना र विकास भएको नेपाली काङ्ग्रेस पूर्व राजा ज्ञानेन्द्रको सता कु पछि र माओवादी विद्रोहलाई शान्तिपूर्ण समाधान गर्ने उद्देश्येले गणतन्त्रमा हामफाल्न पुगेको भएता पनि अन्य वैचारिक दृष्टिकोण, व्यवहार र प्रवृत्तिले पुरातनपन्थी राजनीतिक शक्ति नै हो ।

त्यसैगरी करिब एक सय सतहत्तर वर्ष पहिले सामन्तवादको मध्य युगमा माक्र्सले प्रतिपादन गरेको समाजवाद र साम्यवादको पुरानो राजनीतिक दृष्टिकोण र चेतना बोकेका करिब डेढ दर्जन कम्युनिष्ट पार्टीहरू शास्त्रीय माक्र्सवाद र नवउदारवाद वा नयाँ विश्व व्यवस्था प्रणालीको अन्तर द्वन्द्वमा फस्नु र वर्तमान विश्वमा नै असान्दर्भिक बन्दै गएकाले पुराना राजनीतिक शक्ति नै हुन् ।

पहिचान र संघीयताको नाराले उदाएका र बारम्बार स्वार्थ र सत्ता केन्द्रित मोहले फुटको सिकार बनेका सबै मधेशवादी दलहरू आजको एकल पहिचान नभएर नागरिक पहिचानको युगमा स्वतः पुराना राजनीतिक शक्तिको रूपमा रूपान्तरण भएका छन् ।

समग्र राजनीतिक संस्कृतिमा पनि अन्य पुराना दलहरू भन्दा फरक छैनन् । नयाँ राजनीतिक विकल्पको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी तिनै पुराना दलहरूसँग सता गठबन्धन गर्दै आफ्नो छविलाई समाप्त गर्दै लगेको समयमा पार्टीको मुल नेतृत्व नै सहकारी ठगीको मुद्दामा पुर्पक्षको लागि कारागारमा कैदी जीवन बिताइरहेको हुँदा उम्रदैको तीन पात भनेजस्तो छ ।

आन्तरिक लोकतन्त्रको अभाव नै दलहरू विभाजनको मुख्य कारण हो । अधिकांश पुराना दलहरूमा वंश परम्परा र व्यक्ति केन्द्रित गुटबन्दीले गर्दा नेतृत्व हस्तान्तरण नभएकाले युवाहरूले अवसर पाएनन् । गुण र क्षमतालाई भन्दा तावेदारीपूर्ण निष्ठालाई प्राथमिकता दिइयो । डिजिटल सोच भएका नयाँ पुस्तालाई अवसरबाट बञ्चित गरियो ।

राजावादीहरू एकादेशको रांके भुत भइसकेका छन् । मुलुकमा लामो समयदेखि शासन सत्ता र निर्णयमा प्रभुत्व जमाएका तर नयाँ र भविष्यमुखि सोच नभएका भ्रष्टचार, सतालिप्सा, स्वार्थ, गुटबन्दी जस्ता विकृति र विसंगतिमा फसेका आमनागरिकको नजरमा असफल, थकित, गलित, दुर्गन्धित र अविश्वसनीय बन्दै गएका दल, समूह र नेतृत्व नै समग्रमा पुराना राजनीतिक शक्ति हुन् ।

पुराना राजनीतिक दलहरू असफल हुनुका मुख्य कारणहरू :

लोकतन्त्रको विश्वव्यापी मान्यता विपरीत संसदको पहिलो र दोस्रो ठूलो दलका रूपमा रहेका एमाले र काङ्ग्रेसले ओली र देउवाले प्रधानमन्त्री बाँडीचुँडी खाने सर्तमा प्रचण्ड बहुमतको सरकार निर्लजज्तापूर्वक गठन गरेका थिए ।

जुन जेनजीको दुइ दिनको विद्रोहले पल्टन पुग्यो । अन्य पुराना दलहरूप्रति पनि जनताको आक्रोश तीव्र रूपमा बढेको छ । तसर्थ यी घटनाहरूलाई पुराना दलको असफलता ठान्नु पर्दछ ।

१. जेनजीको युगमा जोरेण्टोको नेतृत्व : आधुनिक युगको नायकको रूपमा रहेका नयाँ युवाहरू र विज्ञहरूलाई राजनीतिक अनुभव नभएका हिजोका केटाकेटी भन्दै उनीहरूको आवाज र भूमिकालाई पुराना नेताहरूले निरन्तर दबाए । जेनेरेशन ग्याप ह्वातै बढेर गयो । परिणामस्वरूप युवाहरु नयाँ विकल्पको खोजीतर्फ आकर्षित भए ।

२. वैचारिक अष्पस्टता र दिशाहीनता : पुराना दलहरूले स्थापनाकालमा प्रजातन्त्र, समाजवाद, स्वतन्त्रता, समानता, समावेशीता, पहिचानजस्ता आदर्शहरू बोकेको भएता पनि बारम्बार सतारोहण भएपछि पछिल्लो समय नवउदारवाद, अवसरवाद, सर्वसतावादतर्फ उन्मुख भएको हुँदा विचारधारात्मक प्रतिबद्धता कमजोर भएको र सत्ता केन्द्रित राजनीतिमा लिप्त भएको हुँदा उनीहरू वैचारिक द्वन्द्वमा फस्दै दिशाहीन बन्न पुगे ।

३. आन्तरिक लोकतन्त्रको अभाव : आन्तरिक लोकतन्त्रको अभाव नै दलहरू विभाजनको मुख्य कारण हो । अधिकांश पुराना दलहरूमा वंश परम्परा र व्यक्ति केन्द्रित गुटबन्दीले गर्दा नेतृत्व हस्तान्तरण नभएकाले युवाहरूले अवसर पाएनन् । गुण र क्षमतालाई भन्दा तावेदारीपूर्ण निष्ठालाई प्राथमिकता दिइयो । डिजिटल सोच भएका नयाँ पुस्तालाई अवसरबाट बञ्चित गरियो ।

४.सत्ता केन्द्रित राजनीति : राजनीतिक अस्थिरताको मुलकारण सत्ता र स्वार्थ केन्द्रित राजनीति बन्न पुग्यो । दल र नेताको ध्यान जनसेवामा हैन सत्ता कब्जामा मात्र केन्द्रित भयो । लाभका पदहरू सौदावाजी हुन थाल्यो । यस्ता विकृतिले आमनागरिकमा गहिरो राजनीतिक निराशा र अविश्वास सृजना गर्यो ।

५. सुशासनको आवरणमा कुशासन : सार्वजनिक सेवा प्रवाहमा सुशासनको प्रत्याभूति आमनागरिकमा हुन सकेन । सर्वत्र राजनीतिक सौदावाजी, अनियमितता, कमिशन, भ्रष्टाचार, कालोबजारी, माफियाकरणजस्ता विकृतिहरू नेताहरूले सुशासनको खोलभित्र सञ्चालन गरे ।

६. मुलुक र जनताका समस्याप्रति निरन्तर बेवास्ता : स्वास्थ्य, शिक्षा, गरिबी, बेरोजगारी जस्ता जनताका आधारभूत समस्याहरूप्रति राज्यको ध्यान कहिल्लै गएन । ती क्षेत्रहरूमा देखिने र अनुभूति हुनेगरी ठोस सुधार भएन । खोक्रा नारा र सपना मात्र जनतालाई बाँडियो । नतिजा शून्यःप्राय रह्यो । यसले पुराना दल र तिनका नेताहरूप्रति जनताको विश्वास गुम्न पुग्यो ।

७. असन्तुलित वैदेशिक नीति : पुराना दल र तिनका भ्रष्ट र असक्षम नेतृत्वले कहिल्लै वैदेशिक नीतिलाई प्रष्ट र

सन्तुलित बनाउन सकेनन् । चिन र भारत जोड्ने लिपुलेख क्षेत्रमा सडक बनेर सञ्चालनमा आउँदासम्म थाहा नपाएको भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिनेजस्ता कामबाट राष्ट्रिय स्वाभिमानको बढोत्तरिमा गम्भीर आँच पुग्यो । विकास र सहयोगका नीतिहरूसमेत प्रष्ट बनाउन सकेनन् । नागरिकहरूलाई जहिल्लै पनि परनिर्भर र असुरक्षित रहने वातावरण सृजना गरे ।

यसरी नेपालमा क्रियाशील रहेका काङ्ग्रेस, कम्युनिष्ट, मधेशवादी र रास्वपाजस्ता दलहरू असफल हुनुको मुख्य कारण सत्तामोह, विचारहीनता, जनताप्रतिको बेवास्ता तथा भ्रष्टाचारजस्ता बेथितिहरू हुन् । यिनीहरूले भविष्यमा पनि आत्मसुधार गर्ने कुनै सम्भावना देखिदैँन ।

किन वैकल्पिक राजनीतिको अपरिहार्यता ?

राजनीति मुलुकको मेरुदण्ड हो । जसले राष्ट्रको दिशा, विकास र शासनको गुणस्तर निर्धारण गर्छ ।

मुलुकलाई वर्तमानको कहालीलाग्दो अवस्थामा पु¥याउने पुराना दल र तिनका वैचारिक अष्पस्टता, दिशाहीनता र कुशासनको नायकको रूपमा रहेका सर्वसत्तावादी नेतृत्वबाट मुलुकलाई मुक्त गराई आधुनिक विश्वस्तरको नयाँ नेपाल निर्माण गर्नको लागि नयाँ राजनीतिक संस्कृतिसहितको नागरिक साझेदारीमा विश्वास गर्ने वैकल्पिक राजिनीतिक शक्तिको अपरिहार्यता बढ्दै गएको छ ।

पुराना दलको असफलताबाट मुलकलाई पुनःनिर्माणको राजनीतितर्फ डो¥याउनको लागि । समावेशी र युवापुस्ताको प्रतिनिधित्वको सुनिश्चिता गर्नको लागि । नवीनतम् नीति र विचारको लागि । लोकतन्त्रको गुणस्तरमा सुधार गर्नको लागि ।

जनतामा राजनीतिक विश्वासको पुनःस्थापनाको लागि । वैचारिक स्पष्टता र दिगो विकास जस्ता आधुनिक ऐजेण्डाहरूलाई स्थापित गर्नको लागि अब मुलुकमा वैकल्पिक राजनीतिको अपरिहार्य छ ।

अन्यथा पुनः पुराना दलहरूले देश र जनतालाई विगतमा झैँ घेराबन्दी गरेर शोषण गर्दछन् । मुलुकलाई थप रसातलमा पु¥याउँदछन् । उनीहरू आफ्नो कुकृत्यको दण्डित हुनबाट जोगिन्छन् । संसारमा वैकल्पिक राजनीतिक शक्तिको जन्म पुराना र असफल राजनीतिक शक्तिको विरूद्धमा र विकल्पमा भएको पाइन्छ ।

जसमा नयाँ विचार, शैली र राजनीतिक संस्कृति हुन्छ । जब पुराना दलहरूप्रति जनताको भरोसा हराउछँ । उनीहरू असफल हुन्छन् । युवा र बौद्धिक वर्गले नयाँ विकल्पको खोजी गर्छन् यही पृष्ठभूमिको गर्भबाट वैकल्पिक राजनीतिको जन्म रक्तबिजको रूपमा हुन पुग्दछ ।

आजको एआईको युगमा वैकल्पिक राजनीतिको आवश्यकता र औचित्यतालाई राष्ट्रिय आवश्यकता र विश्व सन्दर्भले पनि पुष्टि गरेको छ ।

नेपालमा पुराना राजनीतिक शक्तिको विकल्पको रूपमा वैकल्पिक राजनीतिको बिजारोपण विगत एक दशक अगाडिदेखि विवेकशील साझा तथा नयाँ शक्तिको नाममा भएको थियो ।

तर विकल्पको आवश्यकता पूरा गर्नेगरी ती समूहहरूले संस्थागत आकार ग्रहण गर्न र नयाँ एजेण्डाको उठान गर्न सकेनन् । भर्खरैको जेनजी विद्रोहले त जोडदार रूपमा वैकल्पिक राजनीतिक शक्तिको आव्हान गरेको छ ।

जसले जेनजी विद्रोहले उठाएका बुलन्द आवाजहरूलाई संस्थागत रूपमा समाधान गर्न सकोस् ।

जुन जागरणले उल्लेखित विकृति र विसंगतिबाट मुलुकलाई मुक्ति दिलाउँदै आफ्नै जीवनकालमा उन्नत लोकतन्त्र, सम्वृद्ध अर्थतन्त्र, पारदर्शिता, जवाफदेहीता, भविष्य र विकासमुखी तथा विश्वस्तरको राजनीतिक चेत र संस्थागत विकास, युवा सहभागिता, प्रविधिमा आधारित मानव केन्द्रित विकास तथा सुशासन चाहेको छ ।

जसले मुलुक र जनताको आवश्यकता नयाँ पुस्ताको सोचलाई आधार मानेर नयाँ राजनीतिक दिशा दिनुपर्छ ।

अर्थात् नयाँ राजनीतिक दल मात्र हैन नयाँ राजनीतिक संस्कृतिमा समेत रूपान्तरण भएको हुनुपर्छ । मुलुकको भविष्य पुनः निर्माणको आधारशीला बन्नुपर्छ ।

Tags: #विचारकेशव खतिवडाटाकुरा विशेष
केशव खतिवडा

केशव खतिवडा

पूर्व प्रशासक खतिवडा सामयिक विषयहरूमा विचार–विश्लेषण लेख्दै आएका छन् । उनका लेखहरूमा प्रशासनिक अनुभव र यथार्थपरक दृष्टिकोण झल्किन्छ ।

Related Posts

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म
FEATURE BREAKING

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

धेरै नेपाली युवाका लागि शिक्षा आत्मविश्वास, महत्वाकांक्षा वा स्पष्ट भविष्यको सपनाबाट सुरु हुँदैन । बरु, यसको सुरुवात डर र थकानबाट...

FEATURE BREAKING

कोशी प्रदेशमा सिमसार पर्यटन

by अर्जुन उप्रेती
अशोज १०, २०८३
0

पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.