Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

वैकल्पिक राजनीतिको बिगुल बजाउने ‘जेनजी विद्रोह’

केशव खतिवडा by केशव खतिवडा
कार्तिक २२, २०८२
in टाकुरा विशेष, विचार
0
वैकल्पिक राजनीतिको बिगुल बजाउने ‘जेनजी विद्रोह’
91
SHARES
Share on FacebookShare on Twitter

जेनजी पुस्ता र एआई ‘जुम्ल्याहा सन्तान’जस्ता भएका हुँदा यो सिर्जनात्मक विचार र व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने विस्फोटक परिवर्तनको पक्षधर प्रविधिमैत्री पुस्ता हो ।

मुलुकमा लामो समयदेखि विद्यमान रहेको राजनीतिक, आर्थिक, न्यायिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रहेको व्यापक विकृति, विसङ्गति, अनियमितता, कुशासनजस्ता कारणहरूको संयोजनको उन्नत विस्फोट नै जेनजी विद्रोह हो ।

जेनजी विद्रोह राजनीतिक निराशा, बेरोजगारी, असमानता, भ्रष्टाचारका साथै प्रतिनिधित्वको अभावविरूद्धको प्रतिवाद र पुनर्जागरणको सुरुवात हो । नव चेतनाको सङ्केत हो । विद्यमान राजनीतिक संरचना, नेतृत्व शैली र मूल्य प्रणाली माथिको सशक्त प्रहार हो । नेपाली राजनीतिको ऐतिहासिक मोड हो ।

जसले राजनीतिक चेतनाको नयाँ लहर सृजना गरेको छ । काङ्ग्रेस, कम्युनिस्ट र मधेशवादी दलहरूले प्रजातन्त्र, समाजवाद, सङ्घीयता, पहिचान, समावेशिता, आरक्षणजस्ता शब्दावलीको मनोवैज्ञानिक तथा भावनात्मक शोषण र कालो राजनीतिक बजारीकरण गर्दै लामो समय शासन सत्ता सञ्चालन गरे ।

तर जनताले भ्रष्टाचार, दण्डहीनता, बेरोजगार, स्वास्थ्य र शिक्षाजस्तो अत्यावश्यक क्षेत्रमा माफियाकरण, दलतन्त्र, गुटतन्त्र, सर्वसत्तावादी चिन्तन, दृष्टिकोण र व्यवहार लगायत हरक्षेत्रमा कुशासन शिवाय केही पाएनन् ।

पछिल्लो समयमा त एआईको युगमा सामाजिक सञ्जालसमेत हठात बन्द गरेर आफ्नो कुरूप अनुहार लाई छोप्ने मूर्खतापूर्ण काम गरे ।

यही पृष्ठभूमि र यथार्थताको धरातलमा उल्लेखित कुशासनविरुद्ध नेपालको इतिहासमा पहिलोपल्ट र संसारमै विरलै देखिने घटनाको रूपमा दुई दिनमा सत्ता पल्टी भ्रष्ट शासकहरूलाई सेनाले उद्धार गर्नुपर्ने गरी जेनजी विद्रोह हुन पुग्यो ।

जसले अब मुलुकमा आमूल परिवर्तन चाहिन्छ भन्ने सन्देश सशक्त रूपमा प्रवाह ग¥यो ।

अनगिन्ती भ्रष्टाचार, दण्डहीनता र आलो र तातो नरसंहारको मुण्ड माला लगाएर गोलघरमा बस्नुपर्ने कुरूप अनुहारहरू दुलावासबाट बाहिर आएर वर्तमान अन्तरिम चुनावी सरकारलाई समेत बदनाम गर्ने, असफल बनाउने, निर्धारित समयमा निर्वाचन हुन नदिने तथा जेनजी विद्रोहलाई तुहाउने र मुलुकलाई गृह युद्धमा फसाउने र धमिलो पानीमा माछा मार्नेजस्तो आपराधिक हर्कत गर्दै आएका छन् । अन्यायपूर्ण सिस्टमलाई कायम राख्ने र त्यसको नेतृत्व पुनः आफैँले गर्नेजस्ता षड्यन्त्रको तानावाना बुन्दैछन् ।

तर भ्रष्ट, अनुउदारवादी तथा तानाशाही सत्ता, शक्ति र दलको नेतृत्वमा रहेका ओली र देउवाजस्ता कुपात्रहरूले नवयुवाहरूले डिजिटल शक्तिमार्फत गरेको सफल र ऐतिहासिक विद्रोहलाई आफ्नो कुकर्म र असक्षमता लुकाउन र ६ दर्जनभन्दा बढी नव युवाहरूले तिनका नेतृत्वमा रहेको सरकारको आदेश बाट चलेको गोलीबाट शाहदात प्राप्त गरेर गरेको सफल र ऐतिहासिक विद्रोहलाई अपहेलित र न्यून मूल्याङ्कन गर्दै विदेशीको चलखेल, घुसपैठ र आईएनजिओको ब्याकपमा भएको हिंसात्मक गतिविधि भनी अपमानित गर्दै आएका छन् ।

सायद पञ्चायतले बहुदलवादीहरूलाई भन्ने गरेको अन्तर्राष्ट्रिय तत्त्व भन्ने शब्द तिर्नु नपर्नेगरी सापटी लिएका होलान् । तसर्थ उनीहरूको हालत आउने निर्वाचनमा पञ्चहरूको जस्तै सचेत मतदाताले बनाउने नै छन् ।

अर्कातर्फ अनगिन्ती भ्रष्टाचार, दण्डहीनता र आलो र तातो नरसंहारको मुण्ड माला लगाएर गोलघरमा बस्नुपर्ने कुरूप अनुहारहरू दुलावासबाट बाहिर आएर वर्तमान अन्तरिम चुनावी सरकारलाई समेत बदनाम गर्ने, असफल बनाउने, निर्धारित समयमा निर्वाचन हुन नदिने तथा जेनजी विद्रोहलाई तुहाउने र मुलुकलाई गृह युद्धमा फसाउने र धमिलो पानीमा माछा मार्नेजस्तो आपराधिक हर्कत गर्दै आएका छन् ।

अन्यायपूर्ण सिस्टमलाई कायम राख्ने र त्यसको नेतृत्व पुनः आफैँले गर्नेजस्ता षड्यन्त्रको तानावाना बुन्दैछन् ।

आगामी निर्वाचनमा नयाँ राजनीतिक विकल्पको खोजी किन गर्ने ?

सहज अवस्थामा दुईपटक असंवैधानिक संसद् विघटन गर्ने ओली यतिखेर संसद् पुनस्र्थापनाको असान्दर्भिक माग राख्दैछन् । उनलाई थाहा छ, ६ दर्जन भन्दा बढी नाति नातिना उमेरका निर्दोष नवयुवाहरूको नरसंहार गर्ने सरकारको नेतृत्व गरेको र मेरो नव युवाहरूको रगतले पोतिएको कुरूप अनुहारलाई जनताले अनुमोदन गर्ने छैनन् ।

नेतृत्व छोडौँ आफ्नो नेतृत्वमा भएका भ्रष्टाचारको काण्डमा जेल जाने खतरा । त्यसैगरी ओलीको असंवैधानिक संसद् विघटनको सिफारिसलाई दलीय र न्यायिक परामर्शसमेत नगरी मध्यरातमा अनुमोदन गर्ने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी आफूलाई एमालेको वैकल्पिक नेताको रूपमा स्थापित गर्ने र कम्युनिस्ट एकता गर्ने नारा लिएर मदन भण्डारीको विधुवाको साहानुभूतिको जालझेल पूर्ण खेल खेल्न खोज्दैछन् ।

यी दुवै ‘प्रि टेस्टेड’ र ‘फ्लव फण्डा’हरू हुन् । काङ्ग्रेसले देउवाको अन्तिम कार्यकालमा आएर भागबन्डाको प्रधानमन्त्री खाने लोभले ओलीको अहङ्कार, घमन्ड र अनियमिततासँग सती गएर आफ्नो प्रजातान्त्रिक छविमा इतिहासमा नमेटिनेगरी कालो दाग लगायो । गगन र विश्व प्रकाशको हिजोको आत्मसमर्पणलाई हेर्दा अहिलेको चुरीफुरीलाई कति पनि पत्याउने ठाउँ छैन ।

जनता र कार्यकर्ता दिक्क होउन्जेलसम्म दल र सरकारको नेतृत्व गरेका माधव नेपाल र प्रचण्डको सम्भावित पार्टी एकताले कुनै आशाको सञ्चार गर्न सक्दैन । किनकि, उनीहरूको खुट्टी दल र सरकार प्रमुख हुँदा जनताले हेरिसकेका छन् ।

अर्कातर्फ उदारवादी लोकतन्त्रको गतिलाई तेजोवध गर्ने भएको हुँदा कम्युनिस्ट आन्दोलन नै विश्वव्यापी रूपमा असान्दर्भिक बन्दै गएको छ । मधेशवादी दलहरूको बोलाइ र गराइमा ठूलो अन्तर र विरोधाभास रहेको छ । नारा सुन्दर छन् । तर व्यवहार स्वार्थ केन्द्रित एकता, विभाजन र सता गठबन्धनमा मात्र केन्द्रित छ ।

राष्ट्रिय चरित्रको पार्टी बन्न नसकेकाले पनि यी दलहरूबाट मुलुक र जनताको अपेक्षा पूरा हुन सक्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लँदो खहरेको रूपमा उदायो खहरेकै रूपमा सुक्दै गएको छ । राजनीतिमा नैतिकता, वेदाग चरित्र र दृष्टिकोणको सर्वाधिक महत्व हुन्छ । तर यसको मूल नेतृत्व सहकारी ठगीजस्तो गम्भीर आरोपमा पुर्पक्षका लागि जेलमा छन् । सम्पत्ति शुद्धिकरण र अमेरिकी पासपोर्टको मुद्दा छानबिनकै क्रममा रहेका छन् ।

केही नेताहरूले पार्टी छोडने क्रम सुरु भइसकेको छ । भर्खरै सम्पन्न भएको सचिवालयको बैठकमा गम्भीर मतभिन्नताहरू देखिएका छन् । राजनीतिक र वैचारिक नेतृत्वको खडेरी देखिन्छ ।

लोकतन्त्रमा दलको भूमिका महत्वपूर्ण हुन्छ । सामान्यतयाः मुलुकको कार्यकारी प्रमुख नै दलको संसदीय दलको नेता बन्ने संवैधानिक प्रावधान हुन्छ । तसर्थ, स्वतन्त्र उम्मेदवारलाई मतदान गर्नु दलहरूसँग रिस फेर्नुबाहेक कुनै अर्थ हुँदैन ।

तसर्थ आउने निर्वाचनमा सम्पूर्ण सचेत मतदाताले आफ्नो स्वविवेकको प्रयोग गरी नयाँ राजनीतिक विकल्पको खोजी गर्नु पर्दछ । किनकि, जेनजी विद्रोह कुनै सामान्य आन्दोलन नभएर पुरानो राजनीतिक संरचना, सङ्गठनात्मक र रणनीति विरुद्धको प्रहार हो ।

जसले नयाँ राजनीतिक चेतनाको लहर सृजना गरेको छ । नयाँ नेपाल निर्माण गर्ने सन्देश दिएको छ । साथै पुरानो दलगत निष्ठाबाट मुक्त भएर वा विश्वास समाप्त भएर नयाँ विचार, दृष्टिकोण, पारदर्शिता र जबाफदेहिताको सन्देश प्रवाह गरेको छ ।

वैकल्पिक राजनीतिक शक्ति कस्तो हुनुपर्दछ ?

मुलतः पुराना राजनीतिक दलहरूका विरुद्ध जन्म हुने नयाँ राजनीतिक संस्कृतिसहितको नयाँ राजनीतिक दलहरू नै वैकल्पिक राजनीतिक शक्ति हुन् । नेपाललाई हल्लाउने दुई दिन भएको जेनजी विद्रोहले अपेक्षा गरेको वैकल्पिक राजनीतिक शक्तिले देहाय बमोजिमको विशेषता बोकेको हुनुपर्दछ ।

१. सामाजिक न्याय र अवसरको समानताको पक्षधर ।

२. पारदर्शिता र जबाफदेहिताप्रति प्रतिबद्ध ।

३. डेटामा आधारित सोच ।

४. वैचारिक लचकता ।

५. संघीयता, आर्थिक उदारीकरण, नागरिकतन्त्र र सामाजिक लोकतन्त्रको पक्षधर ।

६. पर्यावरणीय र नैतिक चेतना भएको ।

७. भविष्यमुखी सोच भएको ।

८. अर्थराजनीति, प्रशासन र परराष्ट्रसम्बन्धी सन्तुलित ज्ञान भएको ।

९. विद्यमान ग्लोबल सिस्टम र वर्ड सिस्टमसँग अन्तरक्रिया गर्न सक्ने ।

१०. कानुनी राज्य र मानवअधिकार प्रति प्रतिबद्ध ।

११. सानो र छरितो सङ्गठनात्मक स्वरूप भएको ।

१२. दलभित्रको लोकतन्त्र र पुस्तान्तरणको सुनिश्चित भएको ।

१३. नागरिक सर्वोच्चतालाई स्वीकार गर्ने ।

समग्रमा वैकल्पिक राजनीतिक शक्ति पारदर्शी, डिजिटल, समावेशी, व्यवहारिक र भविष्यमुखी हुनुपर्दछ । जब वस्तुगत परिस्थिति परिपक्व भयो, तब तमाम विकृति र विसङ्गतिकोविरूद्ध स्वतःस्फूर्त रूपमा जेनजी विद्रोह भयो । ठिक त्यसैगरी यी तमाम पुराना दलकाविरूद्ध यही विद्रोहको गर्भबाट यिनका मागहरूलाई सम्बोधन गरी नयाँ नेपाल निर्माण गर्नको लागि नयाँ वैकल्पिक राजनीतिक शक्तिको जन्म हुनुपर्दछ ।

Tags: #विचारकेशव खतिवडाटाकुरा विशेष
केशव खतिवडा

केशव खतिवडा

पूर्व प्रशासक खतिवडा सामयिक विषयहरूमा विचार–विश्लेषण लेख्दै आएका छन् । उनका लेखहरूमा प्रशासनिक अनुभव र यथार्थपरक दृष्टिकोण झल्किन्छ ।

Related Posts

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या
टाकुरा विशेष

कोशीमा बैंकिङ कसुरको बढ्दो चुनौती : दैनिक मुद्दा, चेक बाउन्स प्रमुख समस्या

by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८३
0

विराटनगर : आर्थिक कारोबार विस्तारसँगै कोशी प्रदेशमा बैंकिङ कसुरका घटनाले चिन्ताजनक रूप लिन थालेका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कले प्रदेशमा...

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
टाकुरा विशेष

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
इटहरीमा कर्मचारीलाई कार्यालय पोसाकमा कडाई, सोमबार २५ जना कर्मचारी कारबाहीमा

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

असार ३२, २०८३
वामपन्थीहरूको छटपटाहट

वामपन्थीहरूको छटपटाहट

असार २५, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि दुई लाख जरिवाना

मोरङमा सिलिन्डरको तौलमा ठगी ! कोशी ग्यासलाई दुई लाख ९० हजार जरिवाना

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    443 shares
    Share 177 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.