इटहरी । इटहरीमा चर्चित कवि नवराज पराजुलीका कविता सुनिने भएको छ । प्रणय दिवसको अवसर पारेर भोलि फागुन २ गते लियो क्लब इटहरीले पराजुलीको एकल वाचन राखेको लियो क्लबका पूर्व अध्यक्ष युवराज काफ्लेले बताए । उनले भने, हामीहरु भ्यालेन्टाइन डे मा घुम्न र डेटिङ जान तयार छौँ, तर साहित्यले आम मानिसको मन तान्ने कुरा नबुझिरहेको अवस्था छ । उनले कविता सुनेर प्रणय दिवस मनाउँन लागिएको बताए ।
लियो क्लब इटहरीका अध्यक्ष चिरञ्जीवि कार्की (विपिन) का अनुसार आँफूहरुले कार्यक्रमको अन्तिम तयारीमा पुगेको जानकारी दिए । उनका अनुसार कवि पराजुलीलाई युवा संगीतकार रञ्जन गायकले बाँसुरी र सांरगी बजाएर साथ दिनेछन् ।
आभाष भट्टराईको संयोजकत्वमा हुन लागेको कार्यक्रम इटहरीको कस्तुरी कलेजमा हुने बताईएको छ ।
धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना
धरान : धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ । ९०...

















Discussion about this post