इटहरी । कवि राज माङ्लाक सम्मानित भएका छन् ।
समथिङ फाउन्डेसनले ‘समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार’ बाट माङलाकलाई ५५ हजार पाँच सय ८० नगदसहित सम्मान गरिएको हो । माङ्लाक २ दशकयता साहित्यको क्षेत्रमा क्रियाशिल रहेका छन् । उनको पछिल्लो कृति लिम्बुनी गाउँ चर्चित रहेको छ ।
त्यस्तै, श्रष्टा बिद्या निर्दोषी ओझालाई समथिङ साहित्यिक राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।
ताम्रपत्रसहित ५ हजार ५ सय ८० नगदसहित ओझालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रा. डा टंक न्यौपानले उनीहरुलाई सम्मान गरेका थिए । फाउन्डेशनका संस्थापक तथा संरक्षक गुरुङ रामप्रकाश समथिङले प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरी पुरस्कार तथा सम्मानको स्थापना गरिएको अध्यक्ष मंगल बेघाले बताए ।
“हामी सोल्माली, हाम्रो जीवन यात्रा सङ्ग्रह”को विमोचन
इटहरी : तेह्रथुमको सोल्मा गाउँमा जन्मेर विभिन्न पेसा, व्यवसायमा लामो अनुभव हासिल गरेका ४३ जना व्यक्तिहरूको जीवनीको संगालो “हामी सोल्माली,...
Discussion about this post